•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  9:54:25 AM

राखेप बोर्ड बैठक आज, अन्तरिम आदेश लिएर आएका आठ सदस्यलाई बाेलाइएन

- बैशाख ९, २०७९ मा प्रकाशित


काठमाडौं: राजनीतिक खिचातानी तथा नियुक्ति र बर्खास्ती प्रकरणका कारण तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक आज हुँदैछ । 

सदस्यसचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आजको लागि बोर्ड बैठक बोलाएका थिए । 

युवा तथा खेलकुद मन्त्रालयमा हुने बैठक बिहान ११ बजेबाट बस्ने बताइएको छ । अन्तिम पटक राखेपको बोर्ड बैठक २०७६ सालको सुरुवातमा बसेको थियो । 

अदालतबाट अल्पकालीन अन्तरिम आदेश लिएर आएका आठ सदस्यलाई नबोलाइएको बैठकमा मुख्य दुई एजेन्डा रहनेछन् । 

सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद र चिनमा हुने १९औं एशियन गेम्सलाई  मुख्य एजेन्डा बनाएका छन् ।

मन्त्री परिषद्को बैठकले यस अघि नै नवौ राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर