युनाइटेडको प्रशिक्षकमा टेन हाङ
- बैशाख ९, २०७९ मा प्रकाशित
काठमाडौं: इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षकमा एरिक टेन हाङलाई नियुक्त गरेको छ । बिहीबार युनाइटेडले डच प्रशिक्षकलाई टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको जनाएको हो ।
युनाइटेडले विज्ञप्तिमा टेन हाङलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिन पाउँदा क्लब निकै हर्षित रहेको बताएको छ ।
टेन हाङ र युनाइटेडबीच सन् २०२५ जुनसम्मका लागि सम्झौता भएको छ ।
‘चार वर्ष आयाक्समा बिताएका एरिकले आफूलाई युरोपको सफल प्रशिक्षकमध्येमा प्रमाणित गरिसकेका छन् । टेन हाङ आक्रामक फुटबल र युवा खेलाडीप्रति प्रतिबद्धताको लागि चर्चित छन्,’ युनाइटेडका फुटबल निर्देशक जोन मुर्टाेफले भने ।
यस्तै, मुर्टोफाले टेन हाङसँग लामो समय सहकार्य गर्नका लागि युनाइटेड उत्सुक रहेको बताए । टेन हाङले युनाइटेडको प्रशिक्षकमा अनुबन्ध हुन पाउनु सम्मानको कुरा भएको बताए ।
‘म युनाइटेडमा आउँदो चुनौतीको सामना गर्न निकै उत्साहित छु । यस उत्कृष्ट क्लबको इतिहास र समर्थकहरुको गहिरो समर्थनको बारेमा थाहा छ । क्लबलाई सफलता प्रदान गर्न सक्षम टिमको निर्माण गर्नेछु,’ टेन हाङले भने । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा जेष्ठ ४, २०८१Лучшие Сайты Для Ставок и Спорт, Которым можно Доверять В 2024 Год
-
ताजा जेष्ठ ३, २०८१Рейтинг одним Онлайн-казино 2024 года Апрель Топ 10 Честных И проверенных Казино Из 39
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments