•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  11:52:29 AM

रियलको सहज जित, बेन्जेमाले चुकाए दुई पेनाल्टी

- बैशाख ८, २०७९ मा प्रकाशित


काठमाडौं: ओसासुनालाई ३–१ अन्तरले पराजित गर्दै रियल मड्रिडले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । घरेलु मैदानमा स्टार खेलाडी करिम बेन्जेमाले पाएको दुई पेनाल्टी सदुपयोग गर्न सकेनन् । 

यद्यपि डेभिड अलाबा, मार्काे एसेन्सियो र लुकास भास्क्वेजको गोलमा रियलले महत्त्वपूर्ण तीन अंक हात पार्‍याे । ओसासुनाका एन्टि बुडिमिरले सान्त्वना गोल गरे । 

बेन्जेमाले दोस्रो हाफको ५१औं  र ५९ औं मिनेटमा दुई पेनाल्टी चुकाएका थिए । उनको दुबै प्रहार ओसासुनाका गोलरक्षक सर्जियो हेरेराले बचाएका थिए ।

जितसँगै रियलले  ३३ खेलबाट ७८ अंक सहित शीर्षस्थानमा १७ अंकको अग्रता बनाएको छ । 

दोस्रो स्थानको  एट्लेटिको मड्रिडको ६१ अंक तथा तेस्रो स्थानको बार्सिलोनाको ६० अंक छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर