•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  9:04:16 AM

युभेन्ट्स फाइनलमा

- बैशाख ८, २०७९ मा प्रकाशित


काठमाडौं: फियोरेन्टिनालाई समग्रमा ३-० अन्तरले पराजित गर्दै  युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा २-० तथा पहिलो लेगमा १-० अन्तरले जित निकाल्दै युभेन्ट्सले फाइनलमा इन्टर मिलानसंगको भेट पक्का गरेको हो ।

इन्टर मिलानले एसी मिलानलाई ३-० अन्तरले पराजित गर्दै अगिल्लो रात फाइनल प्रवेश गरेको थियो  । फाइनल ११ मेमा हुनेछ ।

बुधबार राति घरेलु मैदान एलिएन्ज एरिनामा युभेन्ट्सलाई जिताउन  फेडरिको बर्नरडेस्ची र डानिलोले गोल गरे । खेलको दुबै हाफमा  समान एक गोल भएको थियो । -न्युज कारखाना

Comments

सम्बन्धित खवर