•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  12:23:36 PM

उपाधि जित्न पीएसजीले अर्को खेल कुर्नुपर्ने

- बैशाख ८, २०७९ मा प्रकाशित


काठमाडौं: फ्रेन्च लिग वान फुटबल अन्तर्गत बुधबार राति  भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सलाई ३-० अन्तरले पराजित गरेको छ । 

पीएसजीको जितमा केलियन एमबाप्पे, सर्जियो रामोस र मार्क्विन्होसले १-१  गोल गरे । खेलमा चोटका कारण स्टार खेलाडीद्वय लियोनल मेस्सी र नेयमारले विश्राम पाएका थिए ।

यसै खेलमा उपाधि चुम्ने लक्ष्य बनाएको पीएसजीका लागि अर्को खेल कुर्नु पर्ने भएको छ  । दोस्रो स्थानको मार्सेलीले बुधबार राति नै जित निकालेपछी पीएसजीले अर्को खेल कुर्नुपर्ने भएको हो । 

जितसँगै पीएसजीले ३३ खेलबाट ७७ अंक बनाएको छ । मार्सेलीको ६२ अंक छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर