•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  9:14:46 AM

स्थानीय निर्वाचन २०७९ : नगरको निर्णयमा प्रदेशको कैँची , सिफारिस सुचिबाट चाैधरीकाे नाम काटिदा इटहरीमा तरंग : धरानबाट पनि ७ जनाको नाम काटियो

- बैशाख ८, २०७९ मा प्रकाशित


इटहरी । आसन्न स्थानीय निर्वाचकालागि आ आफ्नो क्षेत्रबाट उम्मेदवार घोषणा भइरहदा नेकपा एमाले भित्र भने चर्को बिवाद देखिएको छ । नगर प्रमुख र उपप्रमुखको नाम सिफारिस गरेर पठाएपनि प्रदेशले कुनै तर्क बिनै नाम काटेर केन्द्र पठाइदिएपछि एमाले भित्र बिवाद देखिएको हो ।

नगर प्रमुखकालागि इटहरी उपमहानगरबाट वर्तमान नगरप्रमुख द्वारीकलाल चौधरी, उपप्रमुख तथा केन्द्रीय सदस्य लक्ष्मी गौतम, एमाले इटहरीका अध्यक्ष यामकुमार सुब्बा, केन्द्रिय सदस्य तैयव हुसेन, अमृता सुब्बा, प्रदेश कमिटी सदस्य रामप्रसाद चौलागाई, एमाले इटहरीका पूर्व अध्यक्ष रेवतीप्रसाद घिमिरे र जिल्ला कमिटी सदस्य बन्नुलाल चौधरी सिफारिस गरिएको थियो । सिफारिस भएका मध्ये नगरप्रमुख चौधरी ,र घिमिरेको नाम भने प्रदेश कमिटिले काटेर ४ जनाको मात्रै नाम केन्द्रमा पठाएपछि पार्टिभित्र बिवाद चर्किएको हो ।
मेयरका लागि सिफारिस भएका मध्ये वर्तमान नगरप्रमुख द्वारिकलाल चौधरीको नाम प्रदेश कमिटिले काटेपछि सामाजिक सञ्जाल देखि स्थानीय चिया पसलहरमा निकै चर्चा चलेको थियो ।

त्यस्तै ९ जनाको दावि रहेको उपमहानगर उपप्रमुखमा पनि प्रदेश कमिटिले ४ जनाको नाम लिस्टबाट हटाएर ५ जनालाइ सिफारिस गरेको छ । जसअन्तरगत उपमेयरका उम्मेदवार छनोटका लागि संगिता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिस गरिएको छ । उपमेयरकालागि दावि गर्दै आएका रुकमणी कोइराला, मिथिला पोख्रेल,गायत्री चौधरी र अनिता शर्माको नाम भने प्रदेश कमिटिले काटेको छ ।

यता सिफारिस नै नगरिएका प्रदेश एकका पुर्व सामाजिक बिकास मन्त्री जिवन घिमिरेको नाम बिराटनगर महानगरसंग जोडिएपछि एमाले भित्र झन बिवाद चर्किदै गएको पाइएको छ । बिराटनगर महानगरले प्रमुखकालागि सागर थापा, परशुराम बस्नेत, बाबुराम कार्की, महेश भट्टराई र रामलाल साहको नाम सिफारिस गरेको थियो ।सिफारिस सुचिमा हुदै नभएका घिमिरेको नाम थपेर केन्द्रमा पठाएपछि प्रदेश कमिटिमा बिवाद देखिएको नेकपा एमाले प्रदेश सचिवालय श्रोतले बताएको छ ।

त्यस्तै धरान उपमहानगरबाट पनि नगर प्रमुखकालागि ११ जनाको नाम सिफारिस गरिएकोमा प्रदेश कमिटिले ७ जनाको नाम काटेर ४ जनाको मात्रै सिफारिस केन्द्रमा पठाएको छ ।धरानबाट नगर प्रमुखकालागि नगरकमिटिले मोतीराज सुनुवार, मञ्जु भण्डारी, विजय राई , मनोज मेन्याङ्बो,रमेश बस्नेत, किशोरकुमार कार्की, प्रकाश राई, दोर्पध्वज राई, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला र तीर्थ मास्केको नाम सिफारिस गरेको थियो ।

सिफारिस भएकाहरू मध्ये रमेश बस्नेत, किशोरकुमार कार्की, प्रकाश राई, दोर्पध्वज राई, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला, तीर्थ मास्केको नाम प्रदेश कमिटीले हटाएर मोतीराज सुनुवार, मञ्जु भण्डारी, विजय राई , मनोज मेन्याङ्बोको नाम केन्द्रमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश कमिटीले उपमेयरमा पदम इस्बो, लहरुमाया जिमी, सविता राई, सुशीला पहाडीको नाम सिफारिस गरेको छ ।

Comments

सम्बन्धित खवर