•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  11:31:28 AM

इटहरीमा नगर प्रमुखकालागि राप्रपाबाट तिन जनाको नाम सिफारिस : एक्लै मैदानमा उत्रने तयारी , घर दैलो अभियानलाइ तिब्रता दिइने

- बैशाख ७, २०७९ मा प्रकाशित


इटहरी ।आगामि बैशाख ३० गते हुने स्थानीय निर्वाचन २०७९ अन्तरगत राजेन्द्र लिंग्देनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले इटहरी उपमहानगरको प्रमुखकालागि चारजनाको नाम सिफारिस गरेको छ ।सिफारिस गरिएका नामहरूमा पार्टिका इटहरी उपमहानगर अध्यक्ष आकाश सुब्बा , सुनसरी उपाध्यक्ष कृष्ण न्यौपाने र सुनसरी क्षेत्र नै ३ क अध्यक्ष तथा इटहरी क्षेत्रका सकृिय समाजसेवि बिष्णु प्रसाद रिजाल , रहेका छन ।
सिफारिस भएका मध्ये आकास पुर्व भुमिसुधार मन्त्री रामकुमार सुब्बाका छोरा रहेका छन भने पार्टिगत हिसाबले इटहरी उपमहानगर अध्यक्ष समेत रहेका छन । उनि राप्रपामा लामो समयदेखि कृियासिल रूपमा काम गर्दै आएका छन ।

त्यस्तै इटहरीकै सकृिय समाजसेवि तथा सुनसरी क्षेत्र नं ३ क का अध्यक्ष बिष्णु प्रशाद रिजाल राजनीति संगै सामाजिक क्षेत्रमा पनि उत्तिकै कृयाशिल ब्याक्तिको रूपमा चिनिन्छन । संग संगै इटहरी क्षेत्रमा उनको बेग्लै पहिचान बनिसकेको छ । पार्टिले यो पटक मेयरकालागि टिकट दिनेमा रिजाल बिस्वस्त छन ।

त्यस्तै जिल्ला देखि केन्द्रिय स्तरका नेताहरू संग राम्रो पहिचान बनाएका अर्का युवा नेता हुन कृष्ण न्यौपाने ।उनि राप्रपाका सुनसरी उपाध्यक्ष पनि हुन । बिगत लामो समयदेखि पार्टिमा कृयाशिल रहि संगठन बिस्तारमा महत्वपुर्ण भुमिका निर्वाह गरेका उनको पनि इटहरीमा राम्रै सम्भावना देखिएको छ ।

राजसंस्था पुनःस्थापित संगै हिन्दु राष्ट्र घोषणालाइ मुल नारा बनाएर चुनावि मैदानमा उत्रिएको राप्रपाले यो निर्वाचनमा पनि कुनै पार्टि संग सम्झौता नगरी एक्लै भिडने तयारी गरिरहेको पार्टिका जिल्ला स्तरिय नेताहरूको भनाइ छ । यो पटकको स्थानीय निर्वाचनमा ५ दलिय गठबन्धनकै कारण प्रमुख तथा उप प्रमुख र वडाध्यक्ष देखि सदस्य सम्म राप्रपाले राम्रै मत प्राप्त गरि बिजयी हुने सम्भावना बलीयो रहेको जिल्ला स्तरीय नेताहरूको भनाइ छ ।अन्य दलहरूले बिभिन्न चुनावि अभियानलाइ तिब्रता दिइरहदा राप्रपाले भने घर दैलो अभियानलाइ मात्रै प्राथमिकता दिदै आएको छ ।

Comments

सम्बन्धित खवर