•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  12:41:09 PM

आईपीएलमा चेन्नई गुजरातसँग पराजित

- बैशाख ५, २०७९ मा प्रकाशित


काठमाडौं: चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)-२०२२  टी-२० क्रिकेटमा पाँचौ जित निकालेको छ ।

आइतबार रातिको खेलसँगै चेन्नईले पाँचौ हार बेहोरेको छ । जितका लागि १७० रनको लक्ष्य पाएको गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍याे । 

गुजरातका डाभिड मिल्लरले सर्वाधिक ९४ रन बनाए । राशिद खानले ४० रनको योगदान गरे । चेन्नईका ड्वाने ब्राभोले सर्वाधिक तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १६९ रन बनायो । चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ७३ रन बनाए । अम्बाती रायडुले ४६ रनको योगदान गरे ।

जितसँगै गुजरात ६ खेलबाट  १० अंक जोडेर शीर्ष स्थानमा छ । पाँचौ हार बेहोरेको  चेन्नई २ अंक जोडेर नवौं स्थानमा  छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर