•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  9:14:39 AM

एफए कप: उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने

- बैशाख ५, २०७९ मा प्रकाशित


काठमाडौं: एफए कप फुटबल उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने भएका छन् ।

आइतबार राति भएको दोस्रो सेमिफाइनलमा चेल्सी विजयी भएसँगै फाइनल पुग्ने दुई टोलीको टुंगो लागेको हो ।

यसअघि लिभरपुलले म्यानचेस्टर सिटीलाई ३-२ अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

चेल्सीले क्रिस्टल प्यालेसलाई २-० अन्तरले हरायो । चेल्सीलाई जित दिलाउन रुबेन लोफ्ट्स चिक र मासन माउन्टले १-१ गोल गरे ।

दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ६५औं मिनेटमा रुबेनले गोल गर्दा  ७६औं मिनेटमा माउन्टले गोल गरेका थिए । -न्युज कारखाना

Comments

सम्बन्धित खवर