पीएसजी फ्रेन्च लिग उपाधि नजिक
- बैशाख ५, २०७९ मा प्रकाशित
काठमाडौं: दोस्रो स्थानको मार्सेलीलाई आइतबार राति २-१ अन्तरले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ११औँ पटक फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेकाे छ ।
शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको पीएसजीले ६ खेल अघि नै लिग उपाधी जित्ने संघारमा पुगेको हो । जितसँगै पीएसजीले ३२ खेलबाट ७४ अंक बनाएको छ भने दोस्रो स्थानको मार्सेलीको ५९ अंक छ । अब २२ अप्रिलमा हुने एन्जर्सविरुद्धको खेलमा विजयी भए पीएसजीले लिग उपाधी जित्नेछ ।
घरेलु मैदानमा खेलको १२औँ मिनेटमा नेयमारले गोल गर्दा पीएसजीले अग्रता दिलाए । डुजे अलेटाले ३१औँ मिनेटमा गोल गरेपछि मार्सेलीले बराबरी गोल गर्यो । पहिलो हाफको इन्जुरी समयमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै २-१ को अग्रता दिलाए । दोस्रो हाफमा दुवैतर्फबाट कुनै गोल नभएपछि पीएसजी घरेलु मैदानमा उपाधि नजिक रहेको थियो ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ४, २०८१Лучшие Сайты Для Ставок и Спорт, Которым можно Доверять В 2024 Год
-
ताजा जेष्ठ ३, २०८१Рейтинг одним Онлайн-казино 2024 года Апрель Топ 10 Честных И проверенных Казино Из 39
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments