इटहरीमा उपभोक्ता मञ्च र प्रसाशनको बजार अनुगमन :डिलरमा ग्यास अभाव , कम्पनीमा छ्यापछ्याप्ती
- चैत्र २२, २०७८ मा प्रकाशित
तेज बन
इटहरी । खाना पकाउने एलपी ग्यासको चरम अभाव संगै बजारमा कालोबजारी फस्टाएको जनगुनासो बढेपछि मंगलबार राष्ट्रिय उपभोक्ता मञ्च सुनसरीको नेतृत्वमा इटहरीको ग्यास डिलरहरूमा छडके अनुगमन गरिएको छ ।
अनुगमनको क्रममा इटहरी बजारको कुनैपनि डिलरहरूले ग्यास लुकाएर राखेको नपाइएपनि धेरैजसोले ब्यवसाय नविकरण नगरी सञ्चालनमा गरेको प्रमाणहरू फेला परेको छ । अनुगमनकै क्रममा २ वटा ग्यास डिलरलाइ एक हप्ता भित्र जिल्ला प्रसाशनको कार्यालय सुनसरीमा आवस्यक कागजात सहित उपस्थित हुन प्रसाशनले पत्र थमाएको छ ।
इटहरीको हटियालाइनस्थित सञ्चालन हुदै आएको सञ्जिव भाडा पसलले ब्यवसाय दर्तै नगरी सञ्चालनमा ल्याएको पाइएपछि पसलका सञ्चालक सञ्जिप कुमार चौधरीलाइ एक साता भित्र आवस्यक कागजात सहित उपस्थित हुन प्रसाशनले पत्र थमाएको छ । उनले जय महादेव भाडा पसलको कागजात देखाएर अनुगमन टोलिलाइ बेवकुफ बनाउने प्रयास गरेका थिए ।त्यस्तै जयदेव भाडा पसलका सञ्चालक दिनेश चौधरीलाइ पनि आवस्यक कागजात सहित एक हप्ता भित्र कार्यालयमा उपस्थित हुन प्रसाशनले पत्र काटेको छ । उनले अनुमति नलिइ ग्यास डिलर राखेको पाइएपछि राजस्व छलि गरेको ठहर सहित प्रसाशनमा उपस्थित हुन पत्र काटिएको हो ।
टोलिले इटहरीको ६ वटा ग्यासको डिलरहरू अनुगमन गरेको थियो । अधिकांस डिलरहरूमा खाली सिलिण्डर मात्र भेटिएका थिए भने जय महादेव भाडा पसलमा ६ वटा भरिएका सिलिण्डर गोदाममा राखिएको अवस्थामा भेटिएको थियो ।बजारमा ग्यास अभाव संगै ब्यवसायले कालोबजारी गरेको वा भरिएको सिलिण्डर लुकाएर बेच्ने गरेको गुनासो आएपछि छडके अनुगमन गरिएको राष्ट्रिय उपभोक्ता मञ्च सुनसरीका कार्यवाहक अध्यक्ष पुर्ण राइले बताए ।
उनले बजारमा खाद्यन्न लगायत उपभोग्य बस्तुहरूको कालोबजार हुन नदिन मञ्चले बेला बेला छडके अनुगमन पनि गर्ने गरेको जानकारी गराए ।अनुगमनमा जिल्ला प्रसाशन कार्यालय सुनसरीका सहायक प्रमुख जिलला अधिकारी जोरासिंह माझि , उद्योग वाणिज्य संघ इटहरीका सदस्य खगेन्द्र बिमली , इलाका प्रहरी कार्यालय इटहरी , इटहरी उपमहानगर , पत्रकार र घरेलु तथा साना उद्योगका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
यता बजारमा खाना पकाउने एलपि ग्यासकाे अभाव देखिएपनि कम्पनीहरूमा भने प्रसस्त मात्रामा रहेकाे पाइएकाे छ । सुगम ग्यास कम्पनिका अनुसार बजारमा हल्ला फैलिए जस्ताे अभाव नदेखिएकाे बताएकाे छ । कम्पनिमा अझैपनि १३० मेट्रिक टन भन्दा बढि ग्यास रहेकाे बताइएकाे छ । त्यस्तै अन्य ग्यास कम्पनिहरूमा पनि बजारमा चलेकाे हल्ला जस्ताे ग्यास अभाव नदेखिएकाे ग्यास कम्पनिहरूलाइ उदृढ गर्दै सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले बताए ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ४, २०८१Лучшие Сайты Для Ставок и Спорт, Которым можно Доверять В 2024 Год
-
ताजा जेष्ठ ३, २०८१Рейтинг одним Онлайн-казино 2024 года Апрель Топ 10 Честных И проверенных Казино Из 39
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments