सांघाइमा चरणबद्ध लकडाउन सुरु
- चैत्र १५, २०७८ मा प्रकाशित
बेइजिङ: सांघाईले कोभिड १९ नियन्त्रण गर्न चरणबद्ध लकडाउन सुरु गरेको छ भने स्वास्थ्यकर्मीहरूले सामूहिक परीक्षण गर्न थालेका छन् । क्रस रिभर पुल र सुरुङ बन्द गर्ने अधिकारीहरुले बताएपछि मानिसहरू अत्यावश्यक वस्तुहरू किन्न हतारिएका देखिन्थे । सांघाइ सहर एउटा प्रमुख विश्वव्यापी भएकाले लकडाउनले धेरै महत्वपूर्ण सेवालाई असर गर्ने देखिएको छ ।
आफ्नो कारखाना लकडाउन क्षेत्रमा रहेकाले आफ्ना उत्पादन बन्द गर्ने अमेरिकी कार निर्मार्ता टेस्लाले जनाएको छ । चरणबद्ध तालाबन्दीका कारण चीनको आर्थिक हबका लाखौं मानिसहरू आफ्नो घरभित्रै सीमित हुँदा विश्व तेलको मूल्यमा तीब्र वृद्धि भएको छ ।
उर्जा मागको त्रासबीच अमेरिकी बेन्चमार्क तेल सम्झौता वेस्ट टेक्सास इन्टरमिडियट (डब्लूटीआई) मा पाँच प्रतिशतले गिरावट आएको छ । सहरको पूर्वी आधा भागमा लकडाउन गरिएको छ । तर, बन्दरगाह र सहरका दुई विमानस्थलहरु भने खुला छन् ।
कोभिडको नयाँ संक्रमण ओमिक्रोन भेरियन्टका कारण चीनमा पछिल्ला समयमा संक्रमण दर बढेको छ । सन् २०१९ को अन्त्यमा वुहानमा पहिलो पटक यो भाइरस देखा परेदेखि गत महिना चीनमा सबैभन्दा धेरै संक्रमणका घटना देखिएका छन् । आइतबार चीनमा एकै दिन ४५ सय नयाँ संक्रमित भेटिएका थिए । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
-
ताजा बैशाख ३१, २०८१कलाकार उज्वल केसीको निधन
-
ताजा बैशाख ३१, २०८१कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै : कांग्रेसले गर्याे बहिष्कार : नेकपा एसले मत नदिने
Comments