•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  10:35:45 AM

माया घर नेपाललाई कुमारी बैंक आँपगाछि शाखाको सहयोग

- चैत्र ११, २०७८ मा प्रकाशित


इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका २ मा असहाय बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई सुरक्षित आश्रय प्रदान गरिरहेको माया घर नेपाललाई कुमारी बैंक आँपगाछि शाखा कार्यालयले व्यवस्थापन खर्चका लागि नगद सहयोग गरेको छ ।

शाखा प्रमुख सुजन श्रेष्ठको नेतृत्वमा माया घरको अवलोकन भ्रमणमा आएको टोलीले त्यहाँ आश्रित शारिरिक तथा मानसिक अशक्त व्यक्तिहरुको व्यवस्थापनका लागि नगद ११ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । सहयोग रकम बुझ्दै माया घर नेपालकी अध्यक्ष राधिका दासीले यस प्रकारका सहयोगले मानव कल्याणको कार्यमा लाग्न आफूहरुलाई प्रेरित गर्ने बताइन् ।

अव्यवस्थित रुपमा सडकमा बस्ने सडक मानवहरुलाई उचित मानवीय सेवा सुविधासहित सहज जीवनयापनमा सहयोग गर्ने पवित्र उद्धेश्यले सञ्चालन गरिएको माया घर नेपालले दिइरहेको सेवाबाट आफूहरुलाई सन्तुष्टि मिलेको उनको भनाइ थियो ।

Comments

सम्बन्धित खवर