•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  10:27:11 AM

संगठनकाे सम्पर्कमा नआउने पाँच प्रहरीसँग स्पष्टीकरण माग

- चैत्र १०, २०७८ मा प्रकाशित


काठमाडौं: प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा हाजिर नभएका पाँच प्रहरीसँग स्पष्टीकरण मागेको छ । 

आफूखुसी कार्यालयमा गैरहाजिरी भएको, खोजविन गर्दा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी महानिरीक्षकको सचिवालयले प्रहरी हवल्दार हरिबहादुर भट्टराई तथा प्रहरी जवानहरू वसन्त चन्द, गौतम केसी, भुवन भण्डारी र कमल विष्टलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन भनेको हो ।

महानिरीक्षकको सचिवालयका अनुसार बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण गुल्म हेटौँडामा दरबन्दी रहेका भट्टराई १८ माघदेखि कार्यालयमा हाजिर भएका छैनन् । त्यस्तै, नेपाल प्रहरी अस्पतालमा दरबन्दी रहेका चन्द ८ पुस, महानगरीय प्रहरी प्रभाग, तिलिंगेटारमा दरबन्दी रहेका केसी ६ कात्तिक, प्रहरी चौकी आग्रोगाउँ दरबन्दी रहेका भण्डारी ६ माघ र दैलेका प्रमुख जिल्ला अधिकारीको निवासमा दरबन्दी रहेका विष्ट ३० पुसदेखि संगठनको सम्पर्कमा छैनन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर