•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  9:14:55 AM

कटहरीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

- चैत्र ९, २०७८ मा प्रकाशित


इटहरीः मोरङको कटहरी गाउँपालिका वडा नम्बर ५ भित्री सडकखण्डमा सोमबार भएको मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

सोमबार साझँ करिव ८ बजे मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २२ बर्षीय रवि हजारी थारुको मृत्यु भएको प्रहरीले बताएको छ ।सोही मोटरसाईकलको पछाडी बसेर यात्रा गरिरहेका अर्का २६ बर्षीय सत्य नारायण माझी दुर्घटनामा गम्भिर घाईते भएका छन् ।

मृतक थारु सोही कटहरी गाउँपालिकाकै रहेको प्रहरीको भनाई छ । को २९ प ९१९७ नम्बरको मोटरसाईकल सोमबार बेलुकी साढे ८ बजे अनियन्त्रित भई घरको भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

Comments

सम्बन्धित खवर