•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  9:04:13 AM

सुरक्षाकाे प्रत्याभूति र सचेतना जगाएकाे भन्दै पालिकाले गर्‍यो प्रहरी इन्चार्जलाई सम्मान

- चैत्र ९, २०७८ मा प्रकाशित


भैरहवा: रुपन्देहीको काेटशीमाई गाउँपालिका क्षेत्रमा अपराध नियन्त्रण तथा रोकथाम गरी आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूत दिलाएकाे भन्दै प्रहरीलाई सम्मान गरेकाे छ ।

पालिका अध्यक्ष चन्द्रभुषण यादव, उपाध्यक्ष भानमति बानिया,  प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीले प्रहरी निरीक्षक सुरज जंगखत्रीलाई सम्मान गरेका हुन् । सम्मानित खत्री पालिका क्षेत्रमा पर्ने ईलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख हुन । 
बृहत समुदाय सुरक्षा अभियान कार्यक्रममार्फत सुरक्षित समाज निर्माण गर्न निर्णायक भूमिका खेलेकाे भन्दै स्थानीय तह प्रहरी साझेदारी अभियानको समापनमा सम्मान गरिएकाे हाे ।

अवैध रुपमा हुने तस्करीलाई रोक्दै विद्यालयस्तरमा सचतेना जगाउने, कोरोना महामारीका बेला मास्क बैंक स्थापना,  निःशुल्क मास्क, सेनिटाईजर वितरण तथा प्रयाेगबारे जानकारी र सचेतना जगाउनेमा महत्वपूर्ण भुमिका खेलेका थिए ।  खत्रीलाई जिल्ला प्रहरी कार्यालयले पनि जिल्लाकै उत्कृष्ट ईन्चार्ज भनी २ पटक ईन्टीग्रिटी अवार्ड प्रदान गरिसकेकाे छ । 

समाजमा अमयनचयन कायम गर्दै आएकाले मझगावाँ क्षेत्रका जनतामाझ निडर प्रहरी कर्मचारीको रुपमा प्रहरी निरीक्षक खत्री परिचित हुँदै आएका छन् । उनी सहित पालिकाकाे गतिविधि समाचारकाे माध्यमबाट जनतामा पुर्याएकाे भन्दै मर्चवार सन्देशका सम्पादक हृदयराम गुप्तालाई पनि सम्मान गरिएकाे छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर