•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  9:54:38 AM

आज पहाडी क्षेत्रमा चट्याङसहित वर्षाकाे सम्भावना

- चैत्र ९, २०७८ मा प्रकाशित


काठमाडाैं: हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान देशको पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले अनुमान गरेकाे छ । पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएकाे छ ।

बिहीबार देशका पहाडी र हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर