•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  12:41:16 PM

ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्डमा सवारी आवागमन प्रभावित

- चैत्र ९, २०७८ मा प्रकाशित


काठमाडौं: ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्डमा बुधबार विहान पनि सवारी आवागमन प्रभावित भएको छ । 

ठेकदारले सडक मर्मत कार्य शुरु गरेता पनि मर्मत पुर्ण तवरले नसकिएसम्म सवारी साधन चल्न नदिने स्थानियले बताएका छन् ।

स्थानीयले चिवहाल र सुनाकोठीमा बाँस राखेर सडक बन्द गरेको प्रहरीले जनाएको छ । सडक मर्मतको माग राख्दै स्थानियले हिजो पनि सडक अवरुद्ध गरेका थिए । 

सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर