•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  8:13:23 AM

बिरामी बालकको मृत्यु पछि इटहरीको एपेक्स अस्पताल तोडफोड : मृतक बच्चा काखमा राखेर पिडित आन्दोलित

- चैत्र ३, २०७८ मा प्रकाशित


इटहरी । सुनसरीको इटहरीस्थित एपेक्स अस्पतालमा चिकित्सकको लापर्वाहिले बिरामि बाललको मृत्यु भएपछि आक्रोशित आफन्त तथा आन्दोलनकारीहरूले अस्पताल तोडफोड गरेका छन ।इटहरी बरगाछि का साढे ३ वर्षिय बालक शन्देस साहको उपचारमा अस्तालले लापर्वाहि गर्दा मृत्यु भएको भन्दै बिहीबार बिहानै देखि आन्दोलनमा उत्रिएका आफन्त तथा स्थानीयहरूले एपेक्स अस्पताल तोडफोड गरेका हुन ।

तोडफोड संगै भिडलाइ नियन्त्रण गर्ने क्रममा प्रदर्शनकारीको ढुंगा लागेर इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी जवान जिवन सरदार घाइते बनेका छन । सरदारको टाउकोमा चोट पुगेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सामान्य झाडापखाला लागेको बालकलाइ उपचारको क्रममा बुधबार साझ एपेक्समा भर्ना गरिएको र चिकित्सकले ओभरडोज सुइ लगाएको कारण बालकको मृत्यु भएको मृतक बालकका बाबाले बताए ।

अहिले आन्दोलन साम्य भएपनि मृतक बाललको शव काखमा राखेर पिडितहरूले अस्पताल बिरूद्ध नाराबाजी गरिरहेका छन । उनिहरूले उक्त अस्पताल तत्काल बन्द हुनुपर्ने , पिडित परिवारलाइ उचित क्षतिपुर्त दिनुपर्ने जस्ता माग राखेका छन ।घटनापछि अस्पताल सञ्चालक , प्रहरी प्रसाशन र पिडित परिवार बिच बार्ता चलिरहेको छ । घटना पछि अस्पताल क्षेत्रमा बाकलाे प्रहरी परिचालन गरिकाे छ ।

Comments

सम्बन्धित खवर