•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  7:57:32 AM

इटहरीकाे श्रेष्ठ परिवारमा बज्रपात : छाेरा गुमाएकाे एक महिना नबित्दै बाबाकाे पनि मृत्यु

- फाल्गुन १८, २०७८ मा प्रकाशित


 इटहरी । इटहरीका पुराना व्यवसायी तथा पूर्व समाजसेवि रामकुमार श्रेष्ठकाे बुधबार काठमाण्डाैस्थित मेडिसिटि अस्पतालमा मृत्यु भएकाे छ । ३५ वर्षिय छाेरा प्रल्हाद श्रेष्ठकाे निधन भएकाे २९ दिन पछि बाबु रामकुमारकाे पनि बिहीबार उपचारकाे क्रममा निधन भएकाे हाे । 

श्रेष्ठ लामाे समयदेखि क्यान्स राेगले पिडित थिए । २ वर्ष देखिकाठमाण्डाैस्थित मेडिसिटि अस्पतालमा उपचार गराइरहेका श्रेष्ठकाे बिहीबार निधन भएकाे हाे । श्रेष्ठ इटहरी संगित चाैकस्थित कमला काेल्डस्टाेरका प्राेप्राइटर समेत रहेका थिए । मृतक श्रेष्ठकाे बिहीबार इटहरीस्थित बुढिगंगा मुक्तिघाटमा अन्त्येस्ठि गरिने पारिवारिक श्राेतले बताएकाे छ ।   

Comments

सम्बन्धित खवर