•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  8:00:36 PM

झापाबाट अवैध लागूऔषधसहित एक जना पक्राउ

- माघ १८, २०७८ मा प्रकाशित


इटहरी: झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर –११ का २३ वर्षीय सेवन उराव रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार सोमबार दिउँसो साढे १ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा उरावलाई ६ ग्राम बराउनसुगरसहित नियन्त्रणमा लिएको हो । लागूऔषधसहित पक्राउ परेका उरावको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर