•  २३ भाद्र २०८१, आईतवार
  •  6:11:57 AM

भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त

- श्रावण १२, २०८१ मा प्रकाशित



एजेन्सी ।  क्यानडाको ऐतिहासिक सहर ज्यास्परमा लागेको आगलागीका कारण आधा सहर जलेर नष्ट भएको छ। यहाँका हजारौँ मानिसले आफ्नो घर छाड्नुपरेको छ।

अधिकारीहरूका अनुसार तीव्र गतिमा फैलिएको डढेलोका कारण क्यानडाको ऐतिहासिक सहर जास्परको झण्डै आधा भाग ध्वस्त भएको हो।

पश्चिमी क्यानडाको जास्पर नेसनल पार्क सहरका सडक आगलागीका कारण ध्वस्त भएका छन्। यहाँबाट आएका भिडिओमा घर र गाडी जलेको देखिन्छ।

ज्यास्परका अधिकारीहरूले अग्नि विभागका कर्मचारीहरूले सकेसम्म धेरै भवन बचाउने प्रयास गरिरहेको बताएका छन्।

करिब २० हजार पर्यटक र पाँच हजार स्थानीय बासिन्दा अल्बर्टा प्रान्तको पहाडी क्षेत्रमा बसाइँ सरेको बीबीसीले जनाएको छ। जनधनको क्षतिबारे विवरण प्राप्त भइसकेको छैन।

Comments

सम्बन्धित खवर