•  २२ भाद्र २०८१, शनिबार
  •  5:14:36 AM

वरिष्ठ लोक गायक जोशीको निधन

- श्रावण ११, २०८१ मा प्रकाशित



इटहरी । वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। झापाको विर्तामोड निवासी ८८ वर्षीय गायक जोशीको बिहीबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’, ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘  सहितका लाेक गीत निकै चर्चित छन्।

वि.सं. १९९३ सालमा धनकुटामा जन्मिएका जोशी पछि झापा बसाइँ सरेका थिए। विर्तामोडस्थित घरमा बिहीबार साँझ खाना खाएपछि अचानक बेहोस भएका उनलाई उपचारको लागि अस्पताल लैजानेक्रममा निधन भएको हो।

जोशी लामो समयदेखि मधुमेहका बिरामी थिए। उनको आजै बिहान झापाको कन्काई नदीमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

Comments

सम्बन्धित खवर