•  २२ भाद्र २०८१, शनिबार
  •  5:07:35 AM

भेडेटारकाे स्काइवाक सञ्चालनमा , मुख्यमन्त्री कार्कीले गरे उदघाटन

- श्रावण ११, २०८१ मा प्रकाशित



इटहरी ।कोशी प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र भेडेटारमा  स्काइवाक सञ्चालनमा आएको छ । शुक्रबार कोशी  प्रदेश मुख्यमन्त्री हिकमत कुमार कार्की धनकुटा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई र धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्‌पाङले सामूहिक रुपमा रिवन काटेर उद्घाटन गरे संगै स्काइवाक सञ्चालनमा आएको हो । कोशी सरकारको अगुवाइ तथा निजी क्षेत्रको लगानी सहित भेडेटारमा स्काइवाक निर्माण भएको हो।

भेडेटारको पूर्वाधार विकासका लागि वोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सन प्रालि बूढीगंगा मोरङले  धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको सीमानामा रहेको चाल्स प्वाइन्टनजिकै सिसाको ४० मिटर बाटो बनाएर मान्छे हिड्न मिलने गरी स्काइवाक बनाएको हो । २० करोड भन्दा बढी लगानीमा  स्काइवाक निर्माणपछि पर्यटकहरू थप आकर्षित हुने वोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सन प्रालिका अध्यक्ष प्रविन्द्र पोख्रेल ९ आकर्षण ०ले बताए ।

 भेडेटारको चार्ल्स भ्युटावरमा निर्माण भएको स्काइवाक दक्षिण एसियाकै पहिलो साहसिक पर्यटकीय परियोजना रहेको र निकै लामो समयको अथक प्रयास पछि निर्माण सम्पन्न भइ सञ्चालनमा ल्याइएको वोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सन प्रालिका सुनिल भुषालले बताए ।

काठमाडौं , कन्याम को अपार सफलतापछि तेश्रो भ्यु टावर सहितको स्काइवाक धनकुटाको सागुरिगढी गाउपालिकामा निर्माण सम्पन्न भएको अब केहि समयपछि स्काइवाक संगै जिपलाइन ,बन्जी तथा फ्रिफलसमेत सञ्चालनमा ल्याइने पर्यटन व्यवसायी भुषालले बताए । निर्माण पछि सञ्चालनमा आएको सकाइ वाकमा प्रयोग भएको शिसा करिब ३३ मी।मीको रहेको छ भने सिसामा हिड्ने पुल ४१ मिटर लम्बाइ ,२ मीटर चौडाइ रहेको छ ।संग संगै १८।५ मीटर अग्लो भ्यु टावर समेत निर्माण गरिएको छ ।

स्काइ वाक निर्माण पछि आन्तरिक मात्र नभइ ,भारत , बङ्ग्लादेश ,भुटान ,चिन लगायत विदेशी पर्यटकहरूको आगमन बढ्ने विश्वास गरिएको छ । स्काइ वाक संगै सो क्षेत्रमा प्रत्यक्ष रूपमा २० जनाले रोजगारी पाएका छन भने भविस्यमा १०० जनालाइ रोजगार प्रदान गर्ने योजना सहित काम अघि बढाइएको परियोजनाका सुनिल भुषालले बताए ।

Comments

सम्बन्धित खवर