•  १७ बैशाख २०८१, सोमबार
  •  5:37:44 AM

दशनामी सुनसरीले तरहरामा नेतृत्व तथा ब्याक्तित्व विकाश तालिम गर्ने

- चैत्र २३, २०८० मा प्रकाशित


इटहरी । नेपाल दशनामी समाज सुनसरीले आगामी २४ गते शनिवार इटहरी उपमहानगरपालिका २० तरहरामा नेतृत्व तथा ब्याक्तीत्व विकास तालीमको आयोजना गर्ने भएको छ । तरहराको रुद्राक्ष पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा ३सय भन्दा बढी दसनामी समाजमा आबद्ध ब्याक्तीहरूको उपस्थिति रहने जनाइएको छ ।

दशनामी भित्रका युवा युवतिहरूलाई हरेक क्षेत्रमा अब्बल बनाउन एक दिने नेतृत्व तथा व्यक्तित्व विकास तालिमको आयोजना गरिएको दशनामी समाज सुनसरीका अध्यक्ष गोविन्द पुरीले बताए । समाजको वार्षिक साधारण सभाको अवसर पारेर जिल्लामा पहिलो पटक भव्य कार्यक्रम आयोजना गर्न लागिएको समाजका सुनसरी अध्यक्ष पुरीले बताए । कार्यक्रम २ चरणमा सम्पन्न हुने उनले बताए ।

पछिल्लो समय वित्तीय  क्षेत्रमा देखिएका समस्या र न्यूनीकरणका उपायहरू सहित उधम्शिलल्ता र संगठनात्मक क्षमता अभिबृती सम्बन्धि  अन्तर संवाद कार्यक्रम आयोजना हुने जसमा सहकारिकर्मी टिका दत्त बनले प्रशिक्षण दिने छन् भने दोस्रो चरणमा युवावर्गलाइ लक्षित गरी प्रेरक प्रसङ्गहरू सहित चर्चित मोटिभेस्नल स्पिकर डा।तारानाथ गिरीले सान्दरभीक प्रस्तुति राख्ने जनाइएको छ ।

कार्यक्रममा डा.गिरीले युवा वर्गलाई नेपालमै बसेर केही गर्न सकिने , सिपको क्षमता र व्यक्तित्व विकास बारे प्रेरक प्रशिक्षण प्रदान गर्ने जनाइएको छ ।डा. गिरी नेपाली शिक्षा क्षेत्रका परामर्शदाताको रूपमा चिनिन्छन् ।

उनले नेपालका अधिकांस शैक्षिक क्षेत्रमा पुगेर शिक्षक , विद्यार्थी र अभिभावकहरूलाई पनि क्षमता अनुसार विभिन्न सिपमूलक प्रशिक्षण दिँदै आएका छन् ।   दशनामी समाज भित्र यो कार्यक्रम पहिलो र नयाँ अभियान सरह रहने भएकाले यसलाई भव्यताका साथ सम्पन्न गराउने लक्ष रहेको समाज सुनसरीका अध्यक्ष गोविन्द पुरीले बताए । उनले कार्यक्रमको सम्पूर्ण तयारी सकिएको पनि जानकारी गराए ।

Comments

सम्बन्धित खवर