![](https://suchanaportal.com/wp-content/uploads/2019/05/1140x100.jpg)
नेपालीले पनि अब भारतीय सीमकार्ड पाउने, के–के चाहिन्छन् कागजात ?
- फाल्गुन ८, २०८० मा प्रकाशित
![](https://suchanaportal.com/wp-content/uploads/2024/02/jio.jpg)
इटहरी । नेपालीहरुले पनि भारतमा भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सञ्जाल एक्समार्फत् यस्तो जानकारी गराएका छन् ।
उनका अनुसार अब नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने छन् । यसअघि नेपाली नागरिकहरुले भारतीय सिमकार्ड पाउँदैनथे । यसअघि नेपाली नागरिकहरुले भारतीय सिमकार्ड पाउँदैनथे । भारत पुगेका नेपालीहरुले भारतीय नागरिककै सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो ।
भारतमा चिनाजानी नहुने भ्रमणकर्ता वा काममा जाने नेपालीहरुले भने त्यहाँ सिमकार्ड लिन नपाउँदा ठूलो समस्या भोग्नु परिरहेको छ । यो समस्या समाधानका लागि भारतस्थित नेपाली राजदूत डा. शर्माले पहल गरेका थिए । ‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो । हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ,’ डा. शर्माले एक्समा लेखेका छन् ।
![](https://suchanaportal.com/wp-content/uploads/2019/05/1140x100.jpg)
सम्बन्धित खवर
-
ताजा श्रावण १२, २०८१भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त
-
ताजा श्रावण १२, २०८१बर्दिबास नगरपालिकाले सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने
-
ताजा श्रावण १२, २०८१पेरिस ओलम्पिक भव्य उद्घाटन
-
ताजा श्रावण १२, २०८१राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस
-
ताजा श्रावण १२, २०८१चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
Comments