•  ३ जेष्ठ २०८१, बिहीबार
  •  4:12:42 AM

गोरखापत्रका उपसम्पादक शेषकान्त पण्डितको निधन

- माघ १७, २०८० मा प्रकाशित


इटहरी ।  गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको अर्बुद रोगका कारण ४७ वर्षका उमेरमा आज बिहान निधन भएको छ।ललितपुरको मेडिसिटी अस्पतालमा अउपचारका क्रममा आज बिहान ३ बजे उनको निधन भएको परिवारका सदस्यले जनाएका छन्।

उनको आन्द्रामा अर्बुद भएको थियो। तनहुँको भानु नगरपालिका–१२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन्।

शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनको अध्यापन र पुस्तक लेखनमा पनि संलग्न थिए।उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

Comments

सम्बन्धित खवर