•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  11:02:30 AM

उर्लाबारी आगलागी : घाइते थप एकको उपचारका क्रममा मृत्यु

- मंसिर ७, २०८० मा प्रकाशित


इटहरी । मोरङको उर्लाबारी आगलागी घटनाका थप एक घाइतेको मृत्यु भएको छ । लक्ष्मी पूजाको राति उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागी घटनाका घाइते स्थानीय ४९ वर्षीय हेमकुमार दाहालको उपचारका क्रममा गए राति कीर्तिपुरस्थित वर्न अस्पतालमा मृत्यु भएको हो ।

आगलागीमा परेर घाइते भएका उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको गएको मंगलबार कीर्तिपुर वर्न अस्पतालमै मृत्यु भएको थियो । स्थानीय दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजा दिन आगलागी भएको थियो । त्यतिबेला आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीयसहित २८ जना घाइते भएका थिए । सो आगलागी घटनाका ७ जनाको कीर्तिपुर वर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर