•  १२ श्रावण २०८१, शनिबार
  •  9:11:19 AM

प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न : पिलो आयो भने गर्धनै काट्ने कि उपचार खोज्ने ?

- कार्तिक २७, २०८० मा प्रकाशित



काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति आपति जनाउँदै आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महामन्त्री शर्माले टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक रहेकाले अविलम्ब फिर्ता लिन माग गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकले सामाजिक सद्भाव बिगार्न थालेको निष्कर्ष निकाल्दै बन्द गर्ने निर्णय गरेपछि आलोचना भइरहेको छ । टिकटकमा द्वेष फैलाउनेलाई पहिचान गरी नियम बनाई कारबाही गर्नुपर्नेमा सरकारले टिकटक नै बन्द गर्न लागेकोप्रति उनले विरोध जनाएका छन् ।

महामन्त्री शर्माले लेखेका छन्, ‘गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने प्रधानमन्त्रीज्यू ? कि जोखिम रहित उपचार खोज्ने ? द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ बन्द गर तर एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ । यो निर्णय अविलम्ब फिर्ता होस् ।

सामाजिक–धार्मिक सहिष्णुताको रक्षा समाजको आत्मानुशासन र सरकारको सुशासनले हुने हो । सामाजिक सञ्जाललाई आत्मानुशासनमा कसरी ल्याउने, खुला छलफल गरौं, तार्किक निष्कर्ष पहिल्याऔं र पालना गरौं ! प्रश्नको मुहान बन्द गरेर सही जवाफ खोज्न सकिन्न सरकार । टिकटक बन्दको निर्णय अविलम्ब फिर्ता गर । टिकटक मनोरञ्जनको साझा स्टेज बनेको छ ।

कलाकार जन्माएको छ । लाइभबाट कैयौले कमाएका छन्, व्यवसाय प्रवर्द्धन गरेका छन् । कैयौले सकारात्मक सम्प्रेषण गरेका छन् । दुरुपयोग जो जसले गरे, तिनलाई निरुत्साहित र नियन्त्रणको कडा विधि बनाऊ तर टिकटक बन्दको निर्णय अविलम्ब फिर्ता लेऊ ।’

1 3
2 2
3 2
Comments

सम्बन्धित खवर