•  ३ जेष्ठ २०८१, बिहीबार
  •  3:18:20 AM

बारामा बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि गोली प्रहार

- कार्तिक १३, २०८० मा प्रकाशित


बारा । बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सरार्फमाथि गोली प्रहार भएको छ। दुई वटा मोटरसाइकलमा आएको अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको हो। कलैया–६ मदर्शा टोलमा उनीमाथि गोली प्रहार भएको बाराका प्रहरी निरीक्षक बिरेन्द्र गुरुङले बताए।

उनको घाँटी तथा छातीमा गोली लागेको छ। घाइते सरार्फलाई उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान सुरु भएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Comments

सम्बन्धित खवर