•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  11:31:29 AM

गाजा क्षेत्रमा तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्र संघको अपिल

- कार्तिक ११, २०८० मा प्रकाशित


एजेन्सी । संयुक्त राष्ट्र सङ्घले गाजा क्षेत्रमा तत्काल युद्धविराम गर्न इजरायलसँग आग्रह गरेको छ । गाजा क्षेत्रमा राहात व्यवस्थापनको काम गर्दै आएको राष्ट्र सङ्घीय निकायले यदि युद्ध विराम नगरेमा गाजामा राहातका कार्यक्रम रोक्नुपर्ने अवस्था आएको बताएको बीबीसीले जनाएको छ ।

इजरायलले शुरु गरेको स्थलगत आक्रमणसँगै राहात वितरण कार्य असुरक्षित भएको राष्ट्रसङ्घको भनाइ छ । इजरायली सेनाहरु स्थलगत मार्गबाट उत्तरी गाजामा प्रवेश गरिरहेका छन् । यस्तै, गाजा क्षेत्रमा शासन गर्दै आएको विद्रोही समूह हमासले युद्धविराम नभएसम्म बन्धक बनाइएकालाई रिहाइ नगर्ने घोषणा गरेको छ ।

रुसको भ्रमणमा रहेको हमास प्रतिनिधिमण्डलका एक सदस्यले अक्टोबर ७ को आक्रमणमा बन्धक बनाइएकालाई रिहाइ गर्न नसकिने बताएका बीबीसीले जनाएको छ । अहिले २२९ जना हमासको कब्जामा रहेका इजरायलले जनाएको छ । गाजामा बन्दी बनाइएका चार जनालाई हमासले रिहा गरिसकेको छ ।

Comments

सम्बन्धित खवर