•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  9:04:54 PM

सुनसरीकाे १२ वटै स्थानिय तहले बुझाएनन कराेडाै बिद्युत महसुल , सबैभन्दा बढी इटहरी उपमहानगरकाे ३ कराेड महसुल बुझाउन बाकी

- आश्विन २१, २०८० मा प्रकाशित


इटहरी । नेपाल बिद्युत प्राधिकरणले पटक पटक ताकेता गर्दा पनि सुनसरीका १२ वटै स्थानिय तहहरूले कराेडाै रूपैया बिद्युत महसुल नबुझाएकाे विवरण सार्वजनिक भएकाे छ । प्राधिकरणले आइतबार शुल्क बुझाउन चेतावनी स्वाेरूप स्थानिय तहका नाम र बुझाउनुपर्ने शुल्क सहितकाे विवरण सार्वजनिक गरेकाे हाे ।

जसमा सुनसरीकाे १२ वटै स्थानिय तहहरूले बिद्युत महशुल नबुझाएकाे प्रस्ट देखाएकाे छ । स्थानिय तहहरूकाे क्षेत्र भित्र पर्ने राजमार्ग तथा भित्री सडककाे पाेलहरूमा जडान गरिएका बत्ती एवम कार्यालय समेतले प्रयाेग गरेकाे बिजुली महसुल नबुझाएकाे प्राधिकरणले उल्लेख गरेकाे छ । जसमा सबै भन्दा बढी इटहरी उपमहानगरले झन्डै ३ कराेड महशुल बुझाउन बाकि देखिएकाे छ । उपमहानगरले २ वटा बितरण केन्द्र मार्फत बिद्युत सेवा प्रयाेग गर्दै अाएकाे छ । जसमा इटहरी बितरण केन्द्र र इनरूवा बितरण केन्द्र रहेका छन ।

उपमहानगरले इटहरी बितरण केन्द्रकाे मात्रै २ कराेड ९६ लाख ९१ हजार ५१३ रूपैया ३६ पैसा प्राधिकरणलाइ बुझाउनु पर्ने देखिएकाे छ । त्यस्तै इनरूवा बितरण केन्द्रबाट सेवा लिए वापतकाे २ लाख ६७ हजार ३ शय रूपैया बिद्युत महशुल बुझाउन बाकि देखिएकाे प्राधिकरणले विवरणमा उल्लेख गरेकाे छ । उपमहानगरले मुख्य राजमार्गमा जडान गरिएकाे बत्ती हुदै भित्र सडक बत्ती र कार्यालय स्वयमले प्रयाेग गरेकाे सेवा शुल्क समेत प्राधिकरणलाइ नबुझाएकाे उल्लेख गरेकाे छ । त्यस्तै धरान उपमहानगरले पनि सडक बत्ती बाले बापत र कार्यालयभित्र उपयाेग गरेकाे सेवा सहितकाे २ कराेड ५९ लाख ८१ हजार ९२४ रूपैया बिद्युत महशुल बुझाउनुपर्ने प्राधिकरणले उल्लेख गरेकाे छ ।

त्यस्तै इनरूवा नगरपालिकाले २ कराेड ३८ लाख ८० हजार ३६३ रूपैया , रामधुनी नगरपालिकाले इटहरी बितरण केन्द्रबाट सेवा लिए वापतकाे ६१ लाख ९१ हजार , ३८५ रूपैया ९२ पैसा र इनरूवा बितरण केन्द्रबाट सेवा लिए वापत ६७ लाख ९२ हजार ,४९ रूपैया ४६ पैसा बिद्युत महशुल बुझाउनुपर्ने देखिएकाे छ । त्यस्तै दुहबी नगरपालिकाले ८१ लाख ६७ हजार ११६ रूपैया ४ पैसा , बराह नगरपालिकाले १ कराेड ,६ लाख ४१ हजार १५ रूपैया महशुल बुझाउनुपर्ने प्राधिकरणले उल्लेख गरेकाे छ ।

त्यस्तै गाउपालिकाहरूमध्ये सबैभन्दा बढी हरिनगरा गाउपालिकाले बिद्युत महशुल बुझाउनुपर्ने विवरणमा उल्लेख गरेकाे छ । हरिनगगराले इनरूवा बितरण केन्द्रबाट सेवा लिए बापतकाे १ कराेड ३८ लाख ३७ हजार ३६४ रूपैया बिद्युत महशुल बुझाउनुपृने उल्लेख गरिएकाे छ भने काेशी गाउपालिकाले ३३ लाख ७६ हजार ८०९ रूपैया ८० पैसा , भाेक्राहा गाउपालिकाले ८७ लाख ४२ हजार ७१४ रूपैया ३२ पैसा , देवानगञ्ज गाउपालिकाले १ कराेड , १ लाख ५७ हजार ९६० रूपैया १५ पैसा , गढि गाउपालिकाले दुहबी बितरण केन्द्रबाट सेवा लिए बापतकाे २५ लाख ८७ हजार ७९२ रूपैया ९६ पैसा र इनरूवा बितरण केन्द्रबाट सेवा लिए वापत ५ लाख ३४ हजार ६ सय रूपैया बिद्युत महशुल बुझाउनुपर्ने देखिएकाे छ । त्यसैगरी बर्जु गाउपालिकाले ९ लाख २७ हजार ८२८ रूपैया ७५ पैसा बिद्युत महसुल बुझाउनुपर्ने प्राधिकरणले उल्लेख गरेकाे छ ।

प्राधिकरणकाे प्रधान कार्यालय काठमाडाैले पटक पटक पत्रचार गर्दा पनि अटेर गर्दै बिद्युत महशुल नबुझाएपछि देशभर ३ सय ३२ स्थानीय तहहरुको नाम र बुझाउनुपर्ने महशुल शुल्क सहितकाे विवरण सार्वजनिक गरेकाे हाे ।जसमा सुनसरी माेरङ झापाका कुनै पनि स्थानिय तहहरूले राजमार्ग तथा भित्री सडकमा प्रयाेग गरिएका बत्ती र कार्यालयहरूमा लिएकाे सेवा बापतकाे बिद्युत महसुल नबुझाएकाे भन्दै प्राधिकरणले देशभर ३३९ वटा स्थानिय तहहरूकाे विवरण सार्वजनिक गरेकाे हाे । प्राधिकरणले उक्त महसुल शुल्क ४५ दिन भित्र नबुझाए बिद्युत महसुल संकलन विनियमावली २०७८ काे विनियम १० काे प्रावधान बमाेजिम कार्वाहि प्रकृिया अघाडी बढाउने चेतावनि समेत दिएकाे छ ।

Comments

सम्बन्धित खवर