•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  7:00:53 PM

भारतको कोइलाखानीभित्र पानी पस्दा तीन नेपालीको मृत्यु

- आश्विन १४, २०८० मा प्रकाशित


काठमाडौं । भारतको सिलोङस्थित कोइलाखानीमा तीन नेपालीको ज्यान गएको छ । कोइलाखानीभित्रै पानी पसेपछि ६ दिनदेखि बेपत्ता खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ का भुवन घिमिरेसहित तीन नेपालीको ज्यान गएको हो ।

तीनै जनाको शनिबार शव फेला परेको घिमिरेका आफन्तले जानकारी दिएका छन् । अन्य दुई युवामा एक जना पाँचथर र अर्का इलामका छन् । शनिबार नै उनीहरुको दाह संस्कार गरिएको आफन्तले बताएका छन् ।

कोइला खनिरहेको बेला एक्कासी पानी पसेपछि तीन जना बेपत्ता भएका थिए । खानीभित्रै रहेका भुवनका बुबा भने सकुशल बाहिर निस्कन सफल भएका थिए । खानीभित्र पसेको पानी निकालेर ६ दिनपछि उनीहरूको शव फेला पारिएको हो ।

Comments

सम्बन्धित खवर