•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  12:23:40 PM

अहिलेको गठबन्धन सरकार अपराधीको संरक्षक : अध्यक्ष ओली

- आश्विन १२, २०८० मा प्रकाशित


विराटनगर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारले जनभावना अनुसार काम गर्न नसक्ने बताएका छन् । कोशी प्रदेश अधिवेशन उद्घाटन गर्न आज (शुक्रबार) विराटनगर आइपुगेका ओलीले विराटनगर विमानस्थलमा भने, ‘यो सरकारले केही काम गरेन । अब दलहरूले विकल्पबारे छलफल गर्दा हुन्छ ।’

ओलीले आफूहरूले सरकारमा जान नचाहेको बताए । गठबन्धन सरकार भनिए पनि कांग्रेस कहाँ छ भन्ने प्रष्ट नभएको भन्दै ओलीले सरकार अपराधीको संरक्षक जस्तो देखिएको आरोप लगाए । ‘यो सरकार रहनु देशका लागि दुर्भाग्य हो,’ अध्यक्ष ओलीले भने । सरकार हटाउन पहल गर्नु हुन्छ भन्ने प्रश्नमा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले अहिले सरकारतिर ध्यान नदिएको बताए ।

‘हामी आफै जान चाहिरहेका छैनौँ,’ अध्यक्ष ओलीले जवाफमा भने । उनले प्रमुख पार्टीहरु जिम्मेवार हुँदा अर्को विकल्प हुने भए पनि कांग्रेसले यसबारे नसोचेको बताए । ‘कांग्रेस कुन संसारमा छ भन्ने नै थाहा छैन’, उनले भने, ‘देशको अवस्थाप्रतिको गम्भीरता केही देखिँदैन ।’ ओलीले विराटनगरको मनास्लु पार्टी प्यालेसमा पार्टीको कोशी प्रदेश अधिवेशन आज उद्घाटन गर्दै छन् ।

Comments

सम्बन्धित खवर