
मकैबारीमा जाँदा भालुको आक्रमणबाट सोलुखुम्बुमा एकको मृत्यु
- भाद्र ३१, २०८० मा प्रकाशित

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ खिरौलेमा भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय अन्दाजी ५३ वर्षीय पेम्बा वाङ्छु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
शनिबार दिउँसो अन्दाजी २ बजे मकैबारीमा जाँदा शेर्पालाई भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट टाउको, पेट, छातीलगायतको भागमा गम्भीर चोट लागेका शेर्पाको महाकुलुङ प्राथमिक अस्पताल बुङमा ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते अवस्थामा स्थानीयले उद्वार गरेर अस्पताल पुर्याउने बित्तिकै शेर्पाको ज्यान गएको बताइएको छ । भालुको आक्रमणमा परेका शेर्पाको आन्द्रा नै बाहिर निस्किएको प्रत्यक्षदर्शी सुन्दर कुलुङले बताए । स्थानीयका अनुसार गए राति भालुले मकैबालीमा क्षति पुर्याएको थियो ।
मकैको ढोंड उठाउन जाने क्रममा बारीमै बसेको भालुले शेर्पालाई दिउँसै आक्रमण गरेको बताइएको छ । शेर्पाको शव अहिले महाकुलुङ प्राथमिक अस्पताल बुङमै राखिएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय आश्विन ११, २०८०इटहरीमा टिभिएसको एक्स्चेन्ज मेलामा अफरै अफर
-
लोकप्रिय आश्विन ११, २०८०विराटनगरमा टिभिएसको एक्स्चेन्ज मेलामा अफरै अफर
-
लोकप्रिय आश्विन ११, २०८०सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह
-
लोकप्रिय आश्विन ११, २०८०आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
-
लोकप्रिय आश्विन ११, २०८०‘जितिया’ पर्वमा बिदा दिन थारु समुदायको माग , ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी
-
ताजा आश्विन ११, २०८०इटहरीमा टिभिएसको एक्स्चेन्ज मेलामा अफरै अफर
-
ताजा आश्विन ११, २०८०विराटनगरमा टिभिएसको एक्स्चेन्ज मेलामा अफरै अफर
-
ताजा आश्विन ११, २०८०सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह
-
ताजा आश्विन ११, २०८०आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
-
ताजा आश्विन ११, २०८०‘जितिया’ पर्वमा बिदा दिन थारु समुदायको माग , ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी
Comments