•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  10:29:41 PM

कोशीमा एमाले र कांग्रेसको सरकार बनाए हुन्छ : अध्यक्ष लिङ्देन

- भाद्र २३, २०८० मा प्रकाशित


मोरङ  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा एमाले र कांग्रेस मिली सरकार बनाएर राजनीतिक स्थायित्व दिनुपर्ने बताएका छन् ।आज (शनिबार) विराटनगर विमानस्थलमा सञ्चालकर्मीसँग कुरा गर्दै लिङ्देनले अहिलेको व्यवस्थाको संस्थापकहरू एमाले र कांग्रेस मिलेर कोशी प्रदेशलाई जोगाउनु राम्रो हुने बताएका हुन् । राप्रपा कुनै पक्षमा नलाग्दा प्रदेशसभा नै विघटन हुने खतरा रहेको भन्दै उनले कांग्रेस र एमाले मिल्न नसके राप्रपाले आवश्यक समयमा उचित निर्णय लिने बताए ।

उनले भ्रष्टाचार छानबिनका नाममा उठाइएका विभिन्न प्रकरणहरूलाई सरकारले सत्ताको रक्षा कवचको रूपमा प्रयोग गरेको तर्क गरे । आर्थिक कारणले पनि प्रदेशको औचित्य समाप्त हुँदै गएको भन्दै लिङ्देनले जातीय र धार्मिक द्वन्द्व बढाउने कार्य गर्न नहुने जिकिर गरे ।

 

 

 

Comments

सम्बन्धित खवर