
योगमाया नारी स्रष्टा सम्मान तोया गुरुङलाई
- जेष्ठ २२, २०८० मा प्रकाशित

२२ असार, काठमाडौं । नेपाल स्रष्टा समाजले प्रदान गर्ने योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान, योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान र दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान घोषणा गरिएको छ ।
योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान ओखलढुंगाकी तोया गुरूङलाई र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान स्याङ्जाका उत्तमप्रसाद पन्तलाई प्रदान गर्ने निर्णय गरिएको स्रष्टा समाजका अध्यक्ष विधान आचार्यले जानकारी दिए । यी पुरस्कारको राशी २५ हजार १ सय ११ रुपैयाँ छ ।
यसैगरी ११ हजार १ सय ११ रुपैयाँ राशीको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान पाल्पाकी इन्द्रा गहतराजलाई दिने निर्णय समाजले गरेको छ ।
वरिष्ठ साहित्यकार तथा प्राज्ञ माया ठकुरीका संयोजकत्वमा सम्बन्धित विज्ञ तथा सम्मान संस्थापकहरूको समितिले गरेका सिफारिसका आधारमा यो निर्णय गरिएको नेपाल स्रष्टा समाजका अध्यक्ष आचार्यले जानकारी दिए ।
योगमायाले आफ्ना ६८ अनुयायीका साथ विसं १९९८ मा उत्सर्ग गरेका दिन असार २२ गतेलाई नेपाल स्रष्टा समाजले योगमाया दिवस समेत घोषणा गरी सोही दिन योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान प्रदान गर्दै आएको छ ।
दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान गत वैशाख ९ गते नै प्रदान गरिने तय भएकोमा कोरोना भाइरस संक्रमणका कारण समारोहको आयोजना गरी यी सम्मानहरू प्रदान गर्नसकिने अवस्था नभएको समाजले जनाएको छ ।
सम्मानित भएका विशिष्ट साधक तथा सर्जकहरूलाई अनुकूल अवस्थामा अनुकूल तरिकाले सम्मानहरू प्रदान गरिने समाजले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय आश्विन ११, २०८०सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह
-
लोकप्रिय आश्विन ११, २०८०आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
-
लोकप्रिय आश्विन ११, २०८०‘जितिया’ पर्वमा बिदा दिन थारु समुदायको माग , ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी
-
लोकप्रिय आश्विन ११, २०८०अब पहिरो जाँदैछ भन्ने कुरा पहिले थाहा पाइने, त्याे कसरी ?
-
लोकप्रिय आश्विन ११, २०८०मधेशमा आज ‘मोहम्द डे’ : सरकारले दियाे सार्वजनिक बिदा
-
ताजा आश्विन ११, २०८०सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह
-
ताजा आश्विन ११, २०८०आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
-
ताजा आश्विन ११, २०८०‘जितिया’ पर्वमा बिदा दिन थारु समुदायको माग , ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी
-
ताजा आश्विन ११, २०८०अब पहिरो जाँदैछ भन्ने कुरा पहिले थाहा पाइने, त्याे कसरी ?
-
ताजा आश्विन ११, २०८०मधेशमा आज ‘मोहम्द डे’ : सरकारले दियाे सार्वजनिक बिदा
Comments