•  ३ जेष्ठ २०८१, बिहीबार
  •  4:43:09 AM

सिंहदरबारभित्रै कुकुर आतंक : नेता, मन्त्रीलाई भित्र छिर्नै सकस

- बैशाख १६, २०८० मा प्रकाशित


 काठमाडाै । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा फोहोससँगै कुकुर व्यवस्थापनमा पनि समस्या देखिन थालेको छ । सिंहदरबारमा करिव दुई हप्तादेखि फोहोर व्यवस्थापनमा समस्या परेको छ भने वर्षौँ देखि त्यस क्षेत्रमा कुकुरहरुको समस्या देखिन थालेको हो ।

सिंहदरबारको पूर्वाधार निर्माण तथा व्यवस्थापनको जिम्मा पाएका सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी सुरेन्द्रकुमार शाहले सिंहदरबारभित्रका कुकुरको व्यवस्थापनसम्बन्धी सचिवालयमा कुनै बजेट तथा कार्यक्रम नरहेको बताए। उनले करिब २५० वटा कुकुर रहेको अनुमान गरिएको बताए। उनले भने, “सिंहदरबारमा मुख्य चारवटा गेट भए पनि सातवटा ढोका छन्। कति कुकुर भित्रिन्छन् र कति बाहिरिन्छन् भन्ने तथ्याङ्क राख्न सम्भव छैन। दक्षिणी गेट सधैँ खुलै रहन्छ। अन्य गेट बन्द गरिए पनि ढोकामा रहेका फराकिलो प्वालका कारण कुकुर सजिलै आउजाउ गर्छन्।”

यस क्षेत्रमा कुकुरको ठुलो समुह भएकै कारण विशिष्ट व्यक्तिको आगमनमा समस्या हुनुका साथै सवारीसाधनलाई लखेट्ने, सडकपेटीमै सुत्ने, जथाभाबी दिसा–पिसाब गरेर फोहोर गर्ने, सिंहदरबारभित्र फोहोर सङ्कलन तथा सरसफाइ गर्नेलाई टोक्न खोज्नेजस्ता समस्या देखिए पनि त्यसको व्यवस्थापनका लागि कुनै पनि निकाय जिम्मेवार र तत्पर देखिएका छैनन्। कुकुरले कतिपय मन्त्रालयका भ¥याङमा दिसा गर्ने गरेका छन्।

सिंहदरबारभित्र रहेका कुकुरको यकिन तथ्याङ्क छैन। कुकुरलाई कुनै सङ्केत चिह्न नलगाइएकाले सङ्ख्या यकिन गर्न सकिँदैन। सिंहदरबारभित्र रहेका कुकुरको खानपान, औषधोपचारलगायतको व्यवस्थापन गर्ने गरिएको छैन। सिंहदरबारभित्रका चमेनागृह तथा खाजाघरका उब्रिएका र फालिएका खानेकुरा कुकुरका आहारा हुन् । आजको गोरखापत्र दैनिकमा खवर छ ।

Comments

सम्बन्धित खवर