•  ३ जेष्ठ २०८१, बिहीबार
  •  5:12:31 AM

माेरङ ३ : कांग्रेसका सुनिल शर्मा बिजयी हुदा एमालेका भानुभक्त गायब , सामाजिक सञ्जालमा ट्राेल बनिन रेखा

- मंसिर ९, २०७९ मा प्रकाशित


इटहरी । मोरङ क्षेत्र नं ३  प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सुनिल शर्मा इतिहास रच्दै बिजयी हाशिल गरेका छन । उनले सो क्षेत्रबाट अपेक्षषा गरेभन्दा दुइ गुणा मत पाएर प्रतिनिधीसभा सदस्यमा फराकिलो जित निकालेका हुन । शर्माले ४६ हजार ९३५  मत पाएका छन भने एमालेका भानुभक्त ढकालले २५ हजार ७३  मत पाएका छन ।

त्यस्तै हिन्दु राष्ट्रको वकालत गर्दै  जित निकाल्ने दाबी सहित चुनावमा होमिएकी निर्माता तथा नायिका रेखा थापाले १० हजार २८९ मत प्राप्त गर्दै दुवैजनालाइ पछ्याइरहेकि छिन । १ लाख ४९ हजार  मतदाता रहेको मोरङ ३ मा निर्वाचनको दिन ९७ हजार ५ सय ९ मत खसेको थियो ।

मत गणनाको सुरूवाति चरणदेखिनै अग्रता कायम राखेका कांग्रेसका सुनिल शर्मा प्रतिद्वन्दी एमालेका ढकाल भन्दा दुइगुणा मतले अघाडी रहेका छन । निर्वाचन आयोगले शर्मालाइ बिजयी भएको घोषणा भने गरेका छैनन तर थोरै मत गन्न बाकि रहदा शर्माका समर्कथहरू मत गणनास्थलबाहिर बिजयी र्याली निकाल्ने तयारीमा जुटेका छन ।

यता प्रतिद्वन्दी सुनिल शर्माले मतान्तर फराकिलो बनाएपछि एमालेका ढकाल हार स्विकार गर्दै जिल्ला छाडेर केन्द्र हानिएका छन । उता जसरी नि जित्छु भनेर चुनावमा होमिएकी नायिका रेखा थापा तेश्रो स्थानमा परेपछि उनलाइ सामाजिक सञ्जालमा ट्रोल बनाउन थालिएको छ । नायिका दिदि अब फिल्म नै खेल राजनीति फापेन जस्ता ब्यंग्यहरू सामाजिक सञ्जालमा छरपस्ट हुन थालेका छन । 

Comments

सम्बन्धित खवर