•  ३ जेष्ठ २०८१, बिहीबार
  •  1:46:27 AM

द्वारिकलाललाई गठबन्धनबाटै धाेका : कांग्रेसिले भाेट कता खसाले ? दिपेन्द्र बागी बन्दा एमालेका रेवतीले निकाले जित

- मंसिर ९, २०७९ मा प्रकाशित


इटहरी ।  सुनसरी क्षेत्र नं २ क प्रदेशसभा सदस्यको प्रत्यक्ष तर्फको मत गणना सकिदा नेकपा एमालेका रेवतीरमण भण्डारी बिजइ घोषित भएका छन । बिजयी भण्डारीले १४ हजार ५ सय ३८ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रीक बाम गठबन्धन अन्तरगत माओवादि केन्द्रका द्वारिकालाल चौधरीले  ११ हजार ८ सय ४५ मतप्राप्त गरे ।

चौधरीलाइ २६ सय  ८० मतान्तरले पछि पार्दै भण्डारीले फराकिलो जित निकाले । तेश्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टिका मोहनबहादुर खत्रीले ९ हजार ३ सय २२ र चौथो स्वतन्त्र उम्मेदवार दीपेन्द्र घिमिरेले ३ हजार २ सय ८ मत पाए ।थारू जातिको सिंगल भोटकै आधारमा चुनाव जित्ने आकलन सहित निर्वाचनमा होमिएका द्वारिकालाल अन्तत निकटतम प्रतिद्वन्दि रेवतीरमण भण्डारीसंग फराकिलो मतान्तर सहित पराजित बने ।

एमालेलाइ हराउन ५ वटा दल मिसिएर बनेको लोकतान्त्रीक बाम गठबन्धन सुनसरीमा भने फेल भएको देखिएको छ । यसको जलन्त उदाहरण यो मत परिणामले पनि देखाइसकेको छ । सुनसरी २ क मा पनि द्वारिकालाललाइ हराउन गठबन्धन नै अग्रस्थानमा देखिएको छ । चौधरीको ब्याक्तिगत इगोका कारण कांग्रेसका कार्यकर्ताहरूले हसिया हथौडामा हाल्ने भोट दिपेन्द्रको रिक्सा र मोहनको हलोमा खसालेका छन ।

यता नेपाली कांग्रेसबाट बिद्रोह गरी बागि उठेका दिपेन्द्रले पाएको मत आफैमा अप्रत्यासित छ । उनले आफ्नो क्षेत्रबाट चाहे भन्दा बढि मत ल्याएका छन । उनको बागि उम्मेद्वारी एमालेकोलागि जित निकाल्ने सुनौलो अवसर बनेको छ ।   हुन त सुनसरी २ एमालेको लाल किल्ला भनेर पनि मानिन्छ ।

यस क्षेत्रमा अहिले सम्म भएको निर्वाचनहरूमा एमालेले नै जित्दै आएको छ ।  माओवादि द्वन्दकाल पश्चात २०६४ साल चैत्र २४ गते सम्पन्न संबिधानसभा निर्वाचनमा पनि सुनसरी २ले एमालेकै नेतृत्व पाएको थियो । सो पश्चात २०७० मंसिर ४ गते सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा पनि यो क्षेत्रबाट एमालेले नै जित हाशिल गरेको थियो भने अहिले सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा पनि एमाले उम्मेद्वार नै बिजयी बनेका छन । 

Comments

सम्बन्धित खवर