•  ३ जेष्ठ २०८१, बिहीबार
  •  2:00:35 AM

कतिपयले प्रदीप दाइलाई अराजक भन्थे, तर उहाँ निडर हुनुहुन्थ्यो : शेखर कोइराला

- भाद्र ५, २०७९ मा प्रकाशित


काठमाडाैं ।, नेपाली कांग्रेसका नेता शेखर कोइरालाले दिवंगत नेता प्रदीप गिरि र कोइराला परिवारबीच घनिष्ठ सम्बन्ध रहेको बताएका छन्। ‘कोइराला परिवारको प्रदीप लाइसँग अत्यन्तै घनिष्ट सम्बन्ध थियो। म स्कुलमा पढ्ने बेलादेखि नै घनिष्ट सम्बन्ध थियो। छुटि्टको बेलामा आउने ८/१० दिनसम्म पनि बस्नुहुन्थ्यो।’ कोइरालाले भने।ललितपुरको मेडिसिटी अस्पतालमा संचारकर्मीसँग कुरा गर्दै उनले गिरि निडर मान्छे भएको टिप्पणी गरे।

‘उहाँ निडर मान्छे हुनुहुन्थ्यो। पार्टीले के गर्छ भन्ने पनि थिएन्। त्यसलाई कसैले अराजक भन्ला,’ शेखरले भने, ‘कसैले पार्टीभन्दा अलिकति माथि भन्ला। आफ्नो ठाउँमा छ। उहाँबाट सादगी जीवन पनि हामीले सिक्नपर्ने कुरा हो।’कांग्रेसका पुराना नेता वीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको ब्याख्या गिरिले जस्तो नेपालमा अरु कसैले नगरेको कोइरालाले बताए। 

‘वीपीले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवादको ब्याख्या जसरी उहाँले गर्नुहुन्थ्यो मैले नेपालमा अरु कसैलाई देखेको छैन्,’ कोइरालाले संचारकर्मीसँग भने, ‘कतिले प्रदीप दाइलाई अराजक भन्छन्, कतिले पार्टीको लाइन विपरित गएको भन्छन्। उहाँलाई चित्त बुझेन भने उहाँ त्यसको विरुद्धमा उभिने ब्यक्ति हो।’

उनले संविधान बनाउने बेलामा गिरिलाई संसदबाट तत्कालिन सभामुखले बैठक कक्षबाट बाहिर जान भनेको विषय पनि सुनाए। ‘संविधान बनाउने बेलामा नेपाली कांग्रेसको विरुद्धमा मैले संशोधन प्रस्ताव हालेको थिएँ। मैले प्रदीप दाईसँग पनि कुरा गरेको थिएँ,। उहाँले त्यसलाई पुष्टि गर्छु भन्नुभएको थियो,’ उनले भने, ‘उहाँ त्यसका लागि बैठकमा उठ्नुभयो। प्रदीप दाईलाई तत्कालिन सभामुखज्यूले बोल्न दिनुभएन, हलबाट बाहिर जान भन्नुभयो। म पनि संगै निस्किँए।’

Comments

सम्बन्धित खवर