•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  10:40:52 PM

सञ्चारमन्त्री कार्कीकाे उपस्थितीमा काेशि पिडितहरूलाइ राहत बितरण

- भाद्र ४, २०७९ मा प्रकाशित


इटहरी । नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको हातबाट आज सुनसरी बराहक्षेत्र नगरपालिकाका कोसी पीडितलाई राहत वितरण गरिएको छ ।

केही दिन अगाडि सप्तकोसी नदीले उदयपुरको बेलका नगरपालिकास्थित डुम्रीबोटमा धार परिवर्तन गरेर बस्तीमा प्रवेश गर्दा पीडित भएका बराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ श्रीलङ्का टापुका एक सय ६५ पीडित परिवारलाई मन्त्री कार्कीको हातबाट राहत वितरण गरिएको हो ।

उनीहरुलाई नेपाल रेडक्रस सोसाइटी, चौधरी ग्रुप र करुणा फाउण्डेशनको सहयोग तथा मन्त्री कार्कीको प्रमुख आतिथ्यतामा राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी प्रकाशपुरका रविन घिमिरेले जानकारी दिए । पीडित परिवारलाई २५ किलो चामल, एक/एक किलो दाल, नुन, खाने तेल, मसाला, साबुनलगायत सामग्री वितरण गरिएको छ ।

Comments

सम्बन्धित खवर