•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  6:33:07 PM

माछापोखरीकाे ग्यारेजमा राखेको बसमा आगलागी

- भाद्र ४, २०७९ मा प्रकाशित


काठमाडौं । काठमाडौंको माछापोखरीमा रोकेर राखेको बसमा आगो लागेको छ । गएराति साढे १० बजेतिर बुद्ध हल पछाडी रहेको ‘भिम दाइको ग्यारेज’मा राखेको ना.५ ख ९९६१ नम्बरको बसमा आगो लागेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार दमकल र स्थानीयको सहयोगमा प्रहरीले आगो निभाएको छ ।मर्मतका लागि राखिएको सो बसमा अचानक लागो लागेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट बस पूर्ण रुपमा जलेको छ ।

Comments

सम्बन्धित खवर