•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  8:48:24 PM

सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

- भाद्र ४, २०७९ मा प्रकाशित


माेरङ ।  सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर मोरङको धनपालथान गाउँपालिका–७ कदमाहमा शुक्रबार साँझ एक जना महिलाको मृत्यु भएको छ । करेन्ट लागेर कदमाहकी ३८ वर्षीया कान्तिदेवी मण्डलको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सफारी चार्ज गर्ने क्रममा साँझ ६ः३० बजेतिर मण्डललाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएकी उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले साँझ ७ः४५ बजेतिर मृत घोषित गरेका हुन् । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

Comments

सम्बन्धित खवर