•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  11:12:55 PM

पदिय मर्यादा भुलेर फेसबुक लाइभमै चिप्लिए मेयर हर्क साम्पाङ

- भाद्र ३, २०७९ मा प्रकाशित


इटहरी । धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङ राई आफ्नै बाेलीका कारण चिप्लीएका छन । सामाजिक सञ्जाल फेसबुकमा लाइभ आउँदा बोल्ने क्रममा उनले पदिय मर्यादा भन्दा बाहिर गएर बाेलेपछि अहिले चर्काे आलाेचना भइरहेकाे छ ।

विरोधीहरुलाई कडा रुपमा ब्यङग्य गर्दै बोल्दै जाने क्रममा उनले भने, ‘विशेष गरी यो लाइभ मेरा विरोधीहरुलाई हैं । तपाईंहरुको विरोधले हुन त के ख्यास्छ र, केही पनि ख्यास्दैन् ।

म त आफ्नो बाटोमा हिड्ने मान्छे हो । मेरो विरोधले चाँही तपाईंहरुलाई निकै पोल्दो रहेछ ।’ काठमाडौं उपत्यकाको फोहोर नउठ्दासम्म धरान मात्रै नभएर चारैतिरबाट प्रहार गर्नुपर्ने धारणा पनि मेयर राईले राखे ।

शुक्रबार बिहान लाइभ आएका उनले पछिल्लो समय धरानमा पनि फोहोर व्यवस्थापन नभएको भनेर आएको समाचारलाई खण्डन समेत आफैले गर्न भ्याए । धरानमा फोहोरको समस्या भनेर आएको समाचारमा सत्यता नभएको भन्दै उनले कुन गल्लिमा फाेहाेर छ देखाउन चुनाैती पनि दिए ।

धरानले फोहोर फाल्ने गरेको ठाउँको भिडियो बनाएर आफूलाई बद्नाम गर्न खोजेको आरोप लगाउदै उनले भने ‘हाम्रो ल्यान्डफिल साइडमा गएछ । बाटो छेउछाउ, त कतै फोहोर छैन् । फोहोर फाल्नेलाई त हामी जरिवाना (फाइन) तिराइहाल्छौँ । शहरमा छैन, नि त । शहरमा फोहोर छैन् ।

अनी तल हामीले जहाँनेर पुर्याउछौँ नि, जस्तै काठमाडौंको बन्चरे डाँडा भन्छ, हामीले जहाँ पुर्याउँछौँ जंगलको बीचमा त्यहाँ गएर एउटाले फुटेज बनाएछ, अनी लगाएछ धरानमा पनि फोहोरको समस्या छ । कहाँ छ धरानमा फोहोर ? नहुने कुरा ।’ सामाजिक सञ्जालमा राईले पदिय गरिमा भुलेर गैर जिम्मेवार शब्द बोलेको भन्दै आलोचना भइरहेको छ ।

Comments

सम्बन्धित खवर