•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  11:54:10 PM

तरुण दलका अध्यक्ष गुरुङले भेटे कांग्रेस नेता कोइराला

- श्रावण ३१, २०७९ मा प्रकाशित


काठमाडाै । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेता डा. शेखर कोइरालासँग भेट गरेका छन्। तरुण दलको केन्द्रीय कार्यसमिति विस्तारबारे छलफल गर्न उनले मंगलबार नेता कोइरालासँग भेट गरेका हुन्।

कार्यसमिति विस्तारका लागि मातृ पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता र छलफल गरिरहेका अध्यक्ष गुरुङले कोइरालासँगको भेटमा गहन छलफल भएको प्रतिक्रिया दिएका छन्। उनले नेता कोइरालाबाट संगठन बलियो बनाउन आफ्नो सहयोग सधैं रहने आश्वासन पाएको जानकारी पनि दिए। 

Comments

सम्बन्धित खवर