•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  6:43:37 AM

बाबुराम र वामदेव माओवादीको चुनाव चिह्नबाट लड्ने

- श्रावण ३१, २०७९ मा प्रकाशित


काठमाडाैं । नेकपा माओवादी केन्द्रले डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको छ।

आज (मङ्गलबार) बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले भट्टराई र गौतम दुबैलाई आगामी सङ्घीय र प्रदेश निर्वाचनमा चुनाव  चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले वामदेव र बाबुरामका कतिपय सर्तहरू रहेको र त्यसबारेमा गठबन्धनमा पनि छलफल हुने बताए ।  माओवादी स्थायी कमिटी बैठक बुधवार फेरि बस्ने उनले जानकारी दिए । 

Comments

सम्बन्धित खवर