•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  4:44:51 PM

बिमान दुर्घटना : श्रीमती संग छाेडपत्रकाे तयारी गर्दा गर्दै त्रिपाठी परिवारै अस्ताए

- जेष्ठ १६, २०७९ मा प्रकाशित


काठमाडाै । पोखराबाट जोमसोमका लागि १९ जना यात्रुसहित उडान भरेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो। विमानमा १३ जना नेपाली, चारजना भारतीय र दुईजना जर्मन नागरिक सवार थिए।

क्याप्टेन प्रभाकरप्रसाद घिमिरेको नेतृत्वमा जोमसोम गएको जहाजमा को–पाइलट उत्सव पोखरेल र एयर होस्टेज कृष्मी थापा पनि थिए। दुर्घटनामा परी मृत्यु भएकामध्ये भारतीय नागरिक एकै परिवारका सदस्य हुन्। उनीहरुको पारिवारिक व्यथा पनि असामान्य रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

काठमाडौँस्थित भारतीय दूतावासका अनुसार ठाणेका ५४ वर्षीय अशोक त्रिपाठी, उनकी पत्नी ५१ वर्षीया वैभवी बांदेकर त्रिपाठी, २२ वर्षीय छोरा धनुष त्रिपाठी र १८ वर्षीया छोरी ऋतिका त्रिपाठी जहाजमा सवार थिए।

महाराष्ट्रको ठाणे क्षेत्रका उनीहरुलाई वर्षमा १० दिनमात्र एकसाथ बस्न पाउने अनुमति थियो। अदालतले उनीहरुलाई वर्षमा मात्र १० दिन छोराछोरीका साथ समय बिताउने अनुमति दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनीहरु सम्बन्ध विच्छेदको प्रक्रियामा थिए।

भारतीय सञ्चार माध्यमहरुका अनुसार अशोक पत्नी वैभवीबाट छुट्टै बस्दै आएका थिए। उनीहरुको सम्बन्धविच्छेद मुद्दा अदालतमा चलिरहेको थियो। अदालतले दिएको अनुमतिअनुसार उनीहरु चारैजना नेपाल घुम्न आएका थिए।नेपाल घुम्न आउनुअघि छोराछोरी धनुष–ऋतिका आमा वैभवीका साथ र अशोक एक्लै बस्दै आएका थिए। वैभावीका साथ उनकी आमा पनि बस्दै आएकी थिइन्।

सफ्टवेयर इन्जिनियर वैभवी मुम्बईको बान्द्रा–कुर्ला कम्प्लेक्समा रहेको एक प्राइभेट कम्पनीमा कार्यरत थिइन्। छोरा धनुषा इन्जिनियरिङ ग्र्याजुयट र छोरी ऋतिका विद्यालयमा अध्ययनरत थिइन्।अशोकका बुवा जिल्ला न्यायाधीश छन्। उनी ओडिशामा कन्सल्टेन्सी चलाउँदै आएका थिए। मे २६ अर्थात जेठ १२ गते बिहीबार मुम्बई पुगेका अशोक परिवारका साथ नेपाल आएका भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

Comments

सम्बन्धित खवर