•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  5:56:39 PM

मेयर बालेन शाहको पहिलो निर्णय : नगर कार्यपालिकाको बैठक लाइभ गरिने

- जेष्ठ १६, २०७९ मा प्रकाशित


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् ।

पदभार ग्रहणपछि उनले आफूले महानगपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । ‘२-४ दिनअघि नै हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसनहरू फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौं ।

हामीले गरेको पापको भारी सिसडोलबासीले भोग्दै हुनुहुन्छ । उहाँहरू क्यान्सर पीडित हुन भएको छ; छालाको रोग लागेको छ । मानिस मरिरहनुभएको छ । यो शोक मनाउने बेला हो,’ साहले भने, ‘फोहोरको व्यवस्थापन नहुन्जेल र सिसडोलबासीले स्वच्छ वातारण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरु काम हुँदैन ।’

निर्वाचनपछि कार्यपालिकाको प्रथम बैठक सोमबार दिउँसो ४ बजेका लागि बोलाइएको छ । साथै काठमाडौंको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने र खुसी नमनाउने उनले बताएका छन् ।

Comments

सम्बन्धित खवर