•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  4:52:50 PM

सम्पर्कविहीन तारा एयरको विमान मानापाथी हिमालको फेदीमा झरेकाे अनुमान : स्थानियले भनेकै ठाउमा विमान खोज्न जाँदै सेना

- जेष्ठ १५, २०७९ मा प्रकाशित


काठमाडाैं । हराइरहेको तारा एयरको जहाज मानापाथी हिमालको पहिरोमुनी रहेको स्थानीयले जानकारी गराएका छन्।नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले स्थानीयबाट यस्तो सूचना आएको पुष्टि गर्दै खोजि कार्यमा खटिएका सबै टोलीलाई त्यसतर्फ केन्द्रित गरिएको  बताए। 

‘लाँकिउ खोलाको मुहान सुरु हुने स्थानमा रहेको स्थानीयबाट जानकारी आएको छ, हाम्रो टोली पुगेर पुष्टि गर्न बाँकी छ’, सिलवालले भने। 

नेपाली सेनाका पैदल टोलीलाई त्यसतर्फ पठाए पनि पुग्नका लागि करिब ३ घण्टा लाग्ने स्थानीयले सेनालाई बताएका छन्। ‘हाम्रो टोली पुगिसकेपछि मात्रै आधिकारीक यही हो भन्न सक्छौं’, प्रवक्ता सिलवालले भने।

Comments

सम्बन्धित खवर